Sujang

गम्भीर घाइते बालकको हेलिकोप्टर मार्फत  उद्धार

सुवास नेपाली,डोटी  : डोटीमा जिपबाट खसेर गम्भीर घाइते भएका एक बालकको हेलिकोप्टरबाट उद्धार गरिएको छ।
बुधवार दिसिनपा -९ बस्ने राम बहादुर विकको १२ वर्षीय छोरा मोहन विकको जिपबाट खसेर टाउकोमा गम्भीर चोट लागेपछि जिल्ला अस्पताल उपचार सम्भव नभए पछि थप उपचारका लागी हेलिकोप्टर मार्फत लगिएको हो।
जिल्ला प्रसाशन कार्यलय डोटी ,भैरव प्रसाद गण, दिपायल सिलगढी नगरपालिका -६,जिल्ला अस्पताल डोटी , दिपायल सिलगढी नगरपालिका लगायतको पहलमा नेपाली सेनाको एन ए ०५५ कल साइन हेलिकप्टरद्वारा उद्धार गरी नेपालगन्ज मेडिकल कलेज लगिएको डोटी स्थित नेपाली सेनाको भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी जनमत बहादुर कार्कीले बताए ।
उद्धार कार्यमा पहल कार्यमा दिसिनपाका उप- प्रमुख कलावती महर साउद ,सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यय, दिसिनपा -६ र ९ वडा अध्यक्ष नरेश मलासी ,हर्क साउद, जिल्ला अस्पताल डोटीका अध्यक्ष धन बहादुर नेपाली ,समाजसेवि जनार्दन जोशी,अन्जिता श्रेष्ठ जोशी लगायतले गरेका थिए ।
Salmuni
Leave A Reply

Your email address will not be published.