गणेश मौनी ,डोटी :सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले डोटीमा आयोजना गर्न लागेको १३ औँ राष्ट्रपति रङिन शिल्ड प्रतियोगिता अन्तरगत भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
जिल्ला खेलकुद विकास समितिले शनिबार सिलगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।
दुई दिन सञ्चालन हुने भलिबल प्रतियोगिातमा सुदूरपश्चिम प्रदेश अन्तर्गतका प्रत्येक जिल्लाबाट महिला र पुरुष गरी २/२ वटा टिमको सहभागिता रहने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रकाश बहादुर शाहीले बताए ।
भोलि हुने प्रतियोगिताका लागि अन्य जिल्लाबाट आउने टिमहरूलाई खान, बस्न, प्रशिक्षकहरूको व्यवस्थापन लगायतका सम्पूर्ण तयारी पुरा भइसकेको समेत अध्यक्ष शाहीले बताए ।
जिल्लामा हुने गरेका विभिन्न खेलकुदका कार्यक्रमलाई प्रचारप्रसार गर्नका लागि पत्रकारहरूको भूमिका महत्त्वपूर्ण रहेको पूर्व जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा दिपायल सिलगढी नगरपालिका वडा न ६ का वडा अध्यक्ष नरेश मलासीले बताए ।
समय अभाव र व्यवस्थापनमा सहजता होस भन्ने हेतुले १३ औँ राष्ट्रपति रङिन शिल्ड प्रतियोगिता अन्तरगतका विभिन्न खेलहरू सुदूरपश्चिमका विभिन्न जिल्लाहरूमा सञ्चालन भइरहेको सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य चित्र भट्टले बताए ।
प्रतियोगितामा १८ वर्ष भन्दा मुनीका बालबालिकाहरूको मात्र सहभागिता रहने समेत परिषद् सदस्य भट्टले बताए ।
भोलि देखि विभिन्न जिल्लामाहरुमा हुन गई रहेका प्रतियोगिता अन्तरगत डोटीमा भलिबल, कञ्चनपुरमा कपर्दी, कैलालीमा हुस्सु एथलेक्टीस, डडेलधुरामा तेक्वान्दो र अछाममा कतारे प्रतियोगिताको आयोजना गरिने सुदूरपश्चिम खेलकुद परिषदले जनाएको छ ।
पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समितिका पदाधिकारी, प्रदेश खेलकुद परिषद्का सदस्य, दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष, जिल्ला भलिबल संघका पदाधिकारी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
डोटीमा सञ्चालन हुने १३ औँ राष्ट्रपति रङिन शिल्ड प्रतियोगिताको आइतबार बिहान ८ बजे सिलगढी स्थित टुडीखेलमा उद्घाटन गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ । सुदूरपश्चिम प्रदेशका अन्य जिल्लाबाट सहभागी हुने टिम शनिवार डोटी आइपुगेको आयोजकले जनाएको छ ।