Sujang

स्थापन दिवसमा नेबिसंघ डोटीद्धारा ‘रक्तदान तथा सरसफाई’

गणेश मौनी ,डोटी :नेपाल बिद्यार्थी संघ डोटीले ५४ औ स्थापना दिवसको अवसरमा डोटीमा रक्तदान तथा शैलेश्वरी मन्दिर परिसरमा सरसफाइ कार्यक्रम गरेको छ ।
स्थापना दिवसको अवसरमा बुधवार शैलेश्वरी मन्दिर प्रांगणमा एक कार्यक्रमका बिच रक्तदान तथा मन्दिर परिसर सरसफाई कार्यक्रम गरी दिवसलाई मनाइएको नेपाल विद्यार्थी संघ डोटीका अध्यक्ष दीपेन्द्र बहादुर सिंहले बताए ।


नेपाल बिद्यार्थी संघले जिल्लामा हुने गरेका विभिन्न बेथितिको सवालमा आवाज उठाउनुका साथै सामाजिक कार्यहरूमा समेत सहयोग गर्दै आइरहेको सिंहले बताए ।
देशमा हुने गरेका हरेक बेथितिको विरुद्ध सशक्त रूपमा आवाज उठाउने एक मात्र बलियो संगठन नेपाल विद्यार्थी संघ रहेको नेपाल बिद्याथी संघका पूर्व अध्यक्ष  एवं नेपाली काँग्रेस डोटीका महाघीबेशन प्रतिनिधि कार्यक्रमका विशिष्ट अतिथि राम प्रसाद उपाध्यायले बताए । युवाहरूको लामो प्रयास र संर्घषका बिचमा नेबिसंघको संगठनलाई यहाँ सम्म जोगाउन सफल भएका समेत उनले बताए।

नेपाल विद्यार्थी संघले कसैले नगरेका उदाहरणीय कार्य गर्न आवश्यक रहेको नेपाली काँग्रेस डोटीका कार्यवाहक सभापति एवं कार्यक्रमका प्रमुख अतिथि बाजी सिंह खड्काले बताए ।

उनले भने,‘ नेपाल विद्यार्थी संघले जहिले पनि युवा वर्गका सवाल तथा समस्याहरू के छन् तिनीहरूलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने तिर ध्यान दिन आवश्यक छ ।  पार्टीले गरेका राम्रा कामको सिको र कमीकमजोरीहरूलाई सुधार गर्न खबरदारी गर्नु पर्दछ।’


उनले थपे,‘ अन्य विद्यार्थी संघ संगठन भन्दा फरक तथा पृथक् तरीकाले काम गर्न सुझाए । नेविसंघले गरेका हरेक सकारात्मक सवालमा पार्टीको सहयोग रहने समेत प्रतिबद्धता जनाए ।’

स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नेबिसंघले शैलेश्वरी मन्दिर परिसरको सरसफाइ गरेका थिए । त्यस्तै ५ जनाले रक्तदान गर्नुका साथै १५ जनाले रत्तसमुह ३८ जनाले स्वास्थ्य परीक्षण गरेको  समेत आयोजकले जनाएको छ । मन्दिरको सुन्दरतालाई कायम नेविसंघले मन्दिर परिसरमा एक दर्जन डस्विन समेत राखेको सिंहले बताए ।


जिल्लामा ब्लड अभाव नभएका कारण रक्तदान गर्न चाहानेहरुले समेत रक्तदान गर्न पाएनन् । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोर्साईटी डोटी शाखाले सहयोग गरेको थियो ।

दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका नेता, कार्यकर्ता, नेपाल विद्यार्थी संघ संगठनमा आबद्ध पदाधिकारी, पत्रकार, नागरिक समाज, स्थानीय लगायतको सहभागिता रहेको थियो ।

Salmuni
Leave A Reply

Your email address will not be published.