डोटी -होटल व्यवसायी सङ्घ डोटीको अध्यक्षमा लोक बहादुर खड्का निर्वाचित भएका छन् । संघको १५ औँ साधारण सभा एवं पाँचौँ जिल्ला अधिवेशनबाट खड्का सर्वसम्मत निर्वाचित भएका हुन् ।
खड्काको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरिएको हो । सँगको वरिष्ठ उपाध्यक्षमा लाल बहादुर मन्नी, उपाध्यक्षमा रामबाबु यादव र महासचिवमा हरिस कुँवर निर्वाचित भएका छन् ।
त्यस्तै सचिवमा नरेश बोगटी, कोषाध्यक्षमा पूजा रावल, सह कोषाध्यक्षमा हर्क बहादुर बोगटी चयन भएका छन् ।
सदस्यहरूमा मान बहादुर धामी, दीपेन्द्र केसी, बोझ बहादुर बोगटी , नन्दन कार्की, गणेश बोहरा, जनक खड्का र पुष्पा श्रेष्ठ चयन भएका छन् ।
जिल्ला समन्वय समितिका संयोजक लक्ष्मण बहादुर सिंहले व्यवसायिहरुको हित र व्यावसायिक विकासका लागि व्यावसायिक एकता आवश्यक रहेको बताए ।
दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख विजय खड्काले होटेल व्यवसायहरूको सेवा, सत्कार र व्यवहारले जिल्लाको पहिचान झल्किने भएकाले होटेल व्यवसायलाई पाहुना घरका रूपमा सञ्चालन गर्न सुझाव दिए। साथै उनले बालबालिकाहरूलाई श्रममा प्रयोग नगर्न अनुरोध गर्दै बाल श्रमिक मुक्त नगर बनाउन सहयोग गर्न आग्रह गरे ।
नव निर्वाचित कार्यसमितिलाई निवर्तमान अध्यक्ष राजेन्द्र शाहीले आजै पद हस्तान्तरण गरेका छन् ।