
गणेश मौनी, डोटी :डोटीको केआई सिंह गाउँपालिकामा आयोजना गरिएको कृर्षि प्रदर्शनी मेलामा २८ जना कृषकहरूलाई पुरस्कृत गरिएको छ ।
केआई सिंह गाउँपालिका कृर्षि विकास शाखाले बिहीबार देखि शनिवार सम्म वडा नम्बर ४ वायलमा आयोजना गरेको कृर्षि प्रदर्शनी मेलामा कृषकहरू पुरस्कृत भएका हुन् ।
कृषकहरूलाई आफूले उत्पादन गरेको चिजबस्तुहरुको बारेमा सबैलाई जानकारी गराई कृर्षि प्रविधिको बारेमा अनुभव आदान प्रदान गर्न सहजता हुनुका साथै कृषकहरूलाई कृर्षि उत्पादनमा उत्प्रेरणा जगाउन सहयोग पुगोस् भन्ने हेतुले कृर्षि प्रदर्शनी मेलाको आयोजना गरेको केआई सिंह गाउँपालिका कृषि विकास शाखा प्रमुख योगेश रावलले बताए ।
७ वटा विभिन्न बाली समूहका प्रथम, द्धितृय, तृतीय र सान्त्वना गरी २८ जना कृषकहरूलाई पुरस्कृत गरिएको थियो । पुरस्कृत हुने कृषकहरूलाई बाली समूहगत रूपमा प्रथम लाई १ हजार ५ सय, द्धितृयलाई १ हजार २ सय, तृतीयलाई १ हजार र सान्तोनाहुनेलाई ५ सय नगद पुरस्कार समेत दिइएको शाखा प्रमुख रावलले बताए ।
कृषि मेला प्रदर्शनीमा ७७ जना कृषकहरूले आफूले उत्पादन गरेका कृषि उपजहरू प्रदर्शनी स्थलमा ल्याएका थिए । कृर्षि प्रदर्शनी मेलामा तरकारी बाली, दालबालि, अन्नबाली, फलफूल बाली, तेलहन बाली, मसला बाली र अन्य बालीहरू राखिएका थिए ।
तिन दिन सम्म सञ्चालन भएको कृर्षि मेला प्रदर्शनीमा कृषक, स्थानीयहरूको सहभागिता रहेको थियो ।