Sujang

सुदूरपश्चिम सरकारको बेरुजु १ अर्ब ५४ करोड नाघ्यो

वैशाख ,२ धनगढी :सुदूरपश्चिम प्रदेश सरकारको बेरुजु रकम १ अर्ब ५४ लाख ९६ लाख २० हजार पुगेको छ । हालै महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७-२०७८ सम्ममा प्रदेश सरकारको सो बेरुजु रकम देखिएको हो ।

आर्थिक वर्ष २०७७-२०७८ मा मात्रै प्रदेश सरकारको बेरुजु रकम ४५ करोड ३१ लाख ७१ हजार रुपैयाँ छ । जस अनुसार कुल बेरुजु रकम १ अर्ब ५४ करोड ९६ लाख २० हजार पुगेको हो ।

महालेखा परीक्षकको वार्षिक प्रतिवेदन, २०७९ मा उल्लेख छ, ‘गत वर्ष ९२०७६-२०७७० सम्म ७७ करोड ७१ लाख ३९ हजार रुपैयाँ बेरुजु रहेकोमा यो वर्ष ९२०७७-२०७८० मा ४५ करोड ३१ लाख ७१ हजार रुपैयाँ सम्परीक्षण भई ७७ करोड ७१ लाख ३९ हजार बाँकी रहेको र यो वर्ष ९२०७७-०७८० मा ७७ करोड २४ लाख ८१ हजार रुपैयाँ थप भई प्रदेशको बेरुजु रकम एक अर्ब ५४ करोड ९६ लाख २० हजार कायम भएको छ ।’

आर्थिक वर्ष २०७७-२०७८ मा प्रदेशको सरकारी कार्यालय र समिति तथा अन्य संस्थाबाट ३५ अर्ब ४९ करोड ७८ लाख ४५ हजार रकममध्ये ७७ करोड २४ लाख ८१ हजार रकम (दुई दशमलव १८ प्रतिशत) बेरुजु भएको छ । त्यसमध्ये ४८ करोड ४२ लाख १२ हजार रकम पेस्की बाहेकको बेरुजु रहेको छ ।

त्यस्तै, प्रदेशका सरकारी निकायबाट ४९ करोड ५८ लाख ५६ हजार र समिति तथा अन्य संस्थाबाट २७ करोड ६६ लाख २५ हजार रकम बेरुजु भएको छ । आर्थिक वर्ष २०७६-२०७७ सम्ममा प्रदेश सरकारी निकायको बेरुजु रकम ७२ करोड तीन लाख ७० हजार रहेको थियो भने समिति तथा अन्य संस्थाबाट पाँच करोड ६७ लाख ६९ हजार रुपैयाँ रहेको थियो ।

साथै प्रदेश सरकारको बेरुजु रकम मध्ये २ करोड ९३ लाख ११ हजार रकम असुल गर्नुपर्ने सो प्रतिवेदनमा औँल्याइएको छ ।- पश्चिम टुडे

Salmuni
Leave A Reply

Your email address will not be published.