Sujang

समन्वयात्मक बैठक सम्पन्न

Ban
गणेश मौनी :डोटी जिल्लाका स्थानीयतहका शिक्षा युवा तथा खेलकुद शाखा र सामाजिक विकास शाखा सँगको समन्वयात्मक बैठक आइतबार दिपायलमा सम्पन्न भएको छ ।
सामाजिक विकास कार्यालय डोटीले आर्थिक वर्ष २०७९।०८० का लागि स्वीकृत वार्षिक योजना तथा कार्यक्रमको कार्यान्वयन सम्बन्धमा छलफल गर्न स्थानीय तहका शिक्षा युवा तथा खेलकुद शाखा र सामाजिक विकास शाखा सँगको समन्वयात्मक बैठकको आयोजना गरेको सामाजिक विकास कार्यालय डोटीका प्रमुख जयदेव महराले बताएका छन् ।
कार्यक्रममा सामाजिक विकास कार्यालय मार्फत सम्पादित कार्यक्रमको बारेमा समीक्षा, कार्यक्रमको प्रभावकारिताको बारेमा छलफल हुनुका साथै नयाँ आर्थिक वर्षको लागि योजना छनोट गर्ने प्रक्रियाको विषयमा समेत छलफल भएको कार्यालय प्रमुख महराले बताए ।
बैठकमा डोटी जिल्ला स्थित स्थानीय तहका शिक्षा युवा तथा खेलकुद शाखा र महिला बालबालिका शाखाका प्रमुखहरूको सहभागिता रहेको थियो । सामाजिक विकास कार्यालयले डोटी जिल्लामा स्थानीय तहहरूसँगको समन्वयमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।
samajik
Salmuni
Leave A Reply

Your email address will not be published.