Sujang

धनगढीको धर्मशालामा डा. केसीले सुरू गरे २० औँ अनशन

Ban
Krishi

भदौ २७,धनगढी -डा. गोविन्द केसीले अनशन सुरू गरेका छन्।चिकित्सा शिक्षा सुधारका अभियान्ता डा.केसीले धनगढी पुगेर सोमबारदेखि २० औँ अनशन सुरू गरेका हुन्।                                                         धनगढीको एलएनचोकस्थित कृष्णमन्दिरको धर्मशालामा केसीले ६ बुँदे मागसहित अनशन सुरू गरेका छन्। त्यसका लागि उनी साेमवार दिउँसो धनगढी पुगेका थिए।डा. केसीले विभिन्न माग राखेर दुई साताको समय सरकारलाई दिएका थिए। माग पूरा नभएपछि उनी अनशन बसेका हुन्।आफ्ना मागप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले बेवास्ता गरेकाले प्रधानमन्त्रीकै गृहक्षेत्रमा सत्याग्रह गर्ने निर्णयमा पुगेको केसीले बताए।                                                              ‘प्रधानमन्त्रीकै गृह क्षेत्रमा सत्याग्रह बसेपछि माग सम्बोधन हुन्छ की’ उनले भने। सत्याग्रहको दौरानमा डा. केसीले सादा पानी मात्रै पिउने बताएका छन् भने उक्त स्थलमा सिसिटिभी जडान आग्रह गरेका छन्।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.