Sujang

पानी दिवसमा सरकारी कार्यालयलाई प्रतियुनिट बाह्र ,सर्वसाधारणलाई मिनिमम पाँच रुपैयाँ छुट  

प्रकाश बम, डोटी ः विश्व पानी दिवसका अवसरमा सरकारी तथा गैरसरकारी कार्यालयलाई प्रतियुनिट बाह्र रुपैयाँ र सर्वसाधारणलाई मिनिमम पाँच रुपैयाँ छुट दिने घोषण गरिएको छ । ३१ औँ विश्व पानी दिवसमा अवसरमा सिलगढी खानेपानी उपभोक्ता तथा सरसफाइ समिति डोटीले एक वर्षका सोही अनुसार छुट गर्ने घोषणा गरेको हो ।
खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले आफ्ना ग्राहकहरूलाई मध्यनजर गर्दै छुट गरिएको समितिका अध्यक्ष जगत बहादुर खड्काले जानकारी दिए । विश्व पानी दिवस अवसरमा सिलगढीको इन्द्र चोक देखि खानेपानीको कार्यालय सम्म ¥रयाली तथा बजार सफाइ गरी दिवस मनाइएको छ ।
दिवसका अवसरमा जिल्ला समन्वय समितिका संयोजक लक्ष्मण बहादुर सिंहले पानी मानव जीवनका लागी अति आवश्यक भएको बताए । पानी विना कुनै कुराको कल्पना गर्न गाह्रो हुने बताउँदै स्वच्छ खानेपानी पिउनाले मानिसमा झन्डै ८० प्रतिशत रोगहरू नलाग्ने अध्ययनले देखाएको हुँदा सबैले यसमा ध्यान दिनुपर्नेमा उनले जोड दिए ।
दिवसका अवसरमा आयोजित कार्यक्रमलाई बोल्दै दिपायल सिलगढी नगरपालिका नगर प्रमुख बाजी सीँ खड्का विजयले नगरको सुन्दर परिकल्पना भित्र पानी पनि अति आवश्यक रहेको बताए ।
खानेपानी लाई  व्यवस्थित बनाउनका लागि नगरपालिकाले सक्दो काम गर्ने प्रतिबद्धता जनाए । विश्व बैङ्कले नेपाल भर ६ वटा पालिकामा खानेपानी योजना लागु गर्न लागेको जानकारी गराउँदै सोही अनुसार दिसिनपामा समेत कार्यक्रम अगाडी बढ्न लागेको उनले बताए ।
खानेपानी उपभोक्ता तथा सरसफाइ समिति अन्तर्गत ८ सय पैँतिस उपभोक्ताहरू रहेका अध्यक्ष जगत बहादुर खड्काले जानकारी दिए ।
उनले भने,‘ ३९ लाख बक्यौतामा १० लाख उठाउन सफल भएका छौँ। उपभोक्ताहरूको समस्यालाई मध्यनजर गर्दै खानेपानी महसुल अनलाइन सेवा मार्फत सुचारु गरेका छौँ । मिटर जडान कार्यलाई निरन्तरता दिएका छौ।’
उठ्न बाँकी बक्यौता रकमका लागि सबैलाई पत्राचार तथा फोन मार्फत जानकारी गराई सकेको सिलगढी खानेपानी उपभोक्ता तथा सरफाई समितिका कार्यालय प्रमुख राम धामिले जानकारी दिए ।
धैरै जसो बक्यौता रकम जिल्लामा रहेका सरकारी कार्यालयले तिर्न बाँकी रहेको कार्यालय प्रमुख धामिले बताए ।
विश्व पानी दिवसमा नेपाली कांग्रे्रस डोटीका पार्टी सभापति नरेन्द्र बहादुर सिंह, विभिन्न राजनीतिक दलमका प्रतिनिधि,नेपाल प्रहरी , जनप्रतिनिधि , पत्रकार ,उपभोक्ता समितिका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
Salmuni
Leave A Reply

Your email address will not be published.