![Sujang](https://shilakhabar.com/wp-content/uploads/2022/09/1380138577ssssss-1.png)
गणेश मौनी,फागुन ३०,डोटीमा जिप र मोटरसाईकल एक आपसमा ठोकीदा छ जना घाईते भएका छन् ।
सिलगढीबाट दिपायल जादै गरेको शैलेश्वरीयातायातको सु.प्र.प.०१००१ ज १२५९ नम्बरको फोर्स जिप र सु.प्र.प.०१०१० प ४७७४ नम्बरको मोटरसाइकल जिल्ला अदालत मोड अघाडी एक आपसमा ठोकीएर दुघटना भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक देबेन्द्र राज जोशीले बताएका छन् ।
दृघटनामा परि घाईते हुनेमा दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ की बर्ष २९ की टंक कुमारी उपाध्याय, सोही वडाकी वर्ष ६५ की धौली देबी बीस्ट, बर्ष २४ की दुर्गा देबी बिष्ट,डेण बर्षको सिर्जन बिस्ट रहेको छ । त्यसै गरि दिपायल सिलगढी नगरपािलका वडा नम्बर ६का मोटरसाईकल चालक वर्ष ३२ का बिष्णु बोहरा र बडीकेदार गाउँपालिका वडा नम्बर १ बिपीनगरका वर्ष ४९ का जर्ण बम रहेको प्रहरीले जनाएको छ ।
अहिले घाईतेहरुको जिल्ला अस्पताल डोटीमा उपचार भईरहेको प्रहरीले जनाएको छ । गाडी चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।