Sujang

साथी शिक्षकका लागि चार दिने सफ्ट स्कील प्रशिक्षक प्रशिक्षण तालिम सुरु

गणेश मौनी,डोटी :साथी शिक्षकहरुका लागि चार दिने सफ्ट स्कील प्रशिक्षक प्रशिक्षण तालिम आईतबार देखि दिपायलमा सुरु भएको छ ।
समान पहुच बिकास केन्द्र (सिड नेपाल) र वल्र्ड भिजनको साझेदारीमा संचालित बाल संरक्षण तथा बाल स्पोन्सरसीप परियोजना अन्तरगत रहेका साथि शिक्षकहरुका लागि तालिमको आयोजना गरिएको सिड नेपालले जनाएको छ ।
जिवन उपयोगि सिप र सहजिकरण सिप सम्बन्धी ज्ञान दिने उद्देश्यले तालिमको आयोजना गरिएको सिड नेपाल द्धारा संचालित बाल संरक्षण तथा बाल स्पोन्सरसीप परियोजना कार्यक्रम संयोजक सुनिल जोशीले बताए । उनले भने हामी विभिन्न सिपहरुको बारेमा साथी शिक्षकहरुलाई जानकारी गराउने छौ, उनिहरुले समुदायमा गएर कार्यान्वयन गर्न सिकाउन सहजिकरण गर्नेछन् ।
तालिम पश्चात साथि शिक्षकहरुले समुदायमा रहेका ६ देखि १२ वर्ष उमेर सम्मका बालबालिकाहरुको समुह बनाई सेसन संचालन गरि बालबालिकाहरुलाई जिवन उपयोगि सिपको बारेमा जानकारी गराउने छन् ।
चार दिन सम्म संचालन हुने तालिममा सायल गाउँपालिका, आदर्श गाउँपालिका पूर्विचौकी गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाका ३० जना साथी शिक्षकहरुको सहभागिता रहेको समेत संयोजक जोशीले बताए । तालिमको सहजिकरण कार्यक्रम अधिकृत दिपीका बोहरा र तेज बागले गरेका छन् ।

Salmuni
Leave A Reply

Your email address will not be published.