Sujang

डोटीमा दोस्रो खप्तड–शैलेश्वरि म्याराथन प्रतियोगिता २०८० को आयोजना गरिने

Ban

गणेश मौनी ,डोटी :डोटी सिलगढी स्थित नेपाली सेनाको भैरब प्रसाद गणले डोटीमा दोस्रो खप्तड शैलेश्वरी खुल्ला म्याराथन प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

खप्तड क्षेत्रमा २०८० साल जेठ १६ गते शुक्ल पक्ष दशमीमा लाग्ने गङ्गा दशहरा मेलाको अवसरमा खप्तड शैलेश्वरी म्याराथन प्रतियोगिताको आयोजना गर्न लागिएको भैरब प्रसाद गणका गणपती प्रमुख सेनानी जनमत बहादुर कार्किले बताउनु भयो ।
सुदूरका चार जिल्ला डोटी, अछाम, बाजुरा र बझाङको सिमाक्षेत्रमा रहेको भू स्वर्गको उपमाले परिचित खप्तड क्षेत्रमा शुक्ल पक्ष दशमीमा गङ्गा दशहरा मेला लाग्ने गर्दछ सोही अबसरमा खप्तड शैलेश्वरी खुला म्याराथन प्रतियोगिता ( पुरुष र महिला) का साथै खप्तडमा भलिबल, देउडा, घोडादौड प्रतियोगिताको आयोजना गरिने समेत प्रमुख सेनानी कार्किले बताउनु भयो ।

धार्मिक तथा पर्यटकीय सौन्दर्यले भरिपूर्ण खप्तडलाई म्याराथन प्रतियोगिताका माध्यमले देश विदेशमा चिनाउन उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको समेत गणपति कार्कीले बताउनु भयो । पुरुष तर्फको म्याराथन प्रतियोगिता खप्तड देखि सिलगढी स्थित शैलेश्वरी मन्दिर सम्म ४२ किलोमिटर रहनेछ भने महिला तर्फको झिंग्राना देखी सिलगढी शैलेश्वरी मन्दिर सम्म २१ किलोमीटर रहने समेत जनाएको छ ।

प्रतियोगितामा खप्तड– शैलेश्वरि म्याराथन पुरुष तर्फ प्रथम हुनेले १ लाख ५० हजार र महिला तर्फ प्रथम हुनेले ५० हजार पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै पुरुष तर्फ द्धितियले ८० हजार, तृतियले ५० हजार पाउनेछन भने महिला तर्फ द्धितियले ३० हजार, तृतियले २० हजार पाउनुका साथै प्रतियोगितामा सान्तोना देखि दशौँ स्थान सम्म हासिल गर्ने प्रतियोगीलाई पनि पुरस्कारको व्यवस्था रहनुका साथै सहभागि अन्य प्रतियोगिहरुलाई मेडल र प्रमाण पत्रको ब्यवस्था गरिएको समेत नेपाली सेनाको भैरब प्रसाद गणले जनाएको छ ।

त्यस्तै भलिबल प्रतियोगिता तर्फ प्रथम हुने लाई ५० हजार, द्धितिय लाई ३० हजार र तृतियलाई २० हजार पुरस्कार दिईनेछ भने घोडा डौड तर्फ प्रथम हुने लाई ३० हजार, द्धितिय लाई १५ हजार र तृतियलाई ५ हजार पुरस्कार दिईनुका साथै डेउडा प्रतियोगितामा प्रथम हुनेलाई १ लाख पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।
नेपाली सेनाले आयोजना गर्न लागिएको विभिन्न प्रतियोगिताहरुमा खप्तड पर्यटन बिकास समिति, स्थानिय सरकार, विभिन्न संघ संस्था, उद्योग बाणिज्य संघले सहयोग गर्ने नेपाली सेनाले जनाएको छ । म्याराथन बाहेका सबै प्रतियोगिता गङ्गा दशहरा मेलाभन्दा अघाडी सम्पन्न हुने समेत जनाएको छ । म्याराथन प्रतियोगिता मेलाको भोलीपल्ट जेठ १७ गते हुने जनाएको छ ।

यस अघि पनि नेपाली सेनाको भैरव प्रसाद गणले ब्यवस्थापन गरि प्रथम खप्तड–शैलेश्वरि म्याराथन प्रतियोगिता २०७९ सम्पन्न गरेको थियो । जसमा नेपाली सेनाको भवानी बक्स गण अछाममा कार्यरत अमलदार सुशिल कुमार शाही प्रथम भएका थिए । शाही २ घण्टा १८ मिनेट ३१ सेकेन्डमा खप्तड त्रिबेणी धाम देखि डोटीको शैलेश्वरी मन्दिर सम्मको ३२ किलोमीटरको दुरी पार गरेका थिए ।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.