Sujang

दोस्रो देवेन्द्र स्मृति खुला क्रिकेट प्रतियोगिताको उपाधि पुर्विचौकिलाई

Ban
प्रकाश बम,डोटी- दोस्रो देवेन्द्र स्मृति खुला क्रिकेट प्रतियोगिताको उपाधि पुर्विचौकि क्रिकेट टिमले जितेको छ ।
देवकोटा युवाक्लव सिलगढीको आयोजनामा सञ्चालित खुला क्रिकेट प्रतियोगिता प्रतियोगिताको बिहीबार सम्पन्न फाइनलमा पुर्विचौकि क्रिकेट टिमले आयोजकलाई ८ विकेटले जीत निकाल्दै उपाधि हात पारेको हो ।
फाइनल खेल १५ ओभरमा खेलाएको थियो ।
विजेताले उपाधिसँगै नगद १ लाख एक हजार एक सय एघार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पाएको छ । उपविजेतामा चित्त बुझाएको आयोजकले ५० हजार ५ सय पचपन्न रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पायो ।
प्रतियोगितामा म्यान अफ द सिरिज बन्दै सुजन विटालुले नगद एक हजारबाट पुरस्कृत भए । प्रतियोगितामा म्यान अफ द म्यान खगेन्द्र महरा भएका थिए । उत्कृष्ट बलरमा अविशेक कोइराला भए । सुजन गौतम उत्कृष्ट ब्याट्सम्यान भए । प्रतियोगितामा सहभागी टिमबाट अनुशासित टिममा बाजुरा भएको छ ।  अन्य उत्कृष्ट सबैलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
विजेता टिमलाई जिल्ला समन्वय समितिका संयोजक लक्ष्मण बहादुर सिंह पुरस्कार र ट्रफी प्रदान गरेका थिए ।
त्यस्तै उपविजेता टिमलाई शिखर नगरपालिका नगर प्रमुख दीर्घ बलायरले पुरस्कार र ट्रफी प्रदान गरेका थिए ।
Krishi
उत्कृष्ट खेलाडीलाई प्रमाण पत्र र पुरस्कार पुर्विचौकि गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्याय, आदर्श गाउँपालिका अध्यक्ष गणेश खड्का, सायल गाउँपालिका अध्यक्ष धर्मराज जोशी ,दिपायल सिलगढी नगरपालिका उप प्रमुख कलावति महर साउँद, पुर्विचौकि गाउँपालिका उपाध्यक्ष पशुपति खड्का लगायतले प्रदान गरेका थिए ।
व्यवसायी तथा समाज सेवी स्वर्गीय देवेन्द्र खड्काको स्मृतिमा विगत तिन वर्षदेखि क्रिकेट प्रतियोगिता गर्दै आएको आयोजक संस्थाका सदस्य धिरेन्द्र बोगटीले जानकारी दिए ।
खेलाडीहरूको पहिचान तथा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले  प्रतियोगिता सञ्चालन गरेको बोगटीले बताए ।
फागुन १९ गते सिलगढीमा रहेको टुँडिखेलमा खेलमा सञ्चालन प्रतियोगितामा १० वटा टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिताको समापन कार्यक्रमको अध्यक्षता दिसिनपा –६ का वडा अध्यक्ष नरेश मलासिले गरेका थिए ।
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.