Sujang

रेडियो नागरीकको आवाज हो : संयोजक सिंह

डोटी- जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण बहादुर सिंहले रेडियो आम नागरीकको आवाज भएको बताएका छन् ।
फारवेष्ट मिडिया प्रालीद्धारा सञ्चालित रेडियो डोटीले आफ्नो प्रसारणको आठ वर्ष पुरा गरी नौ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

विश्वमा सबैभन्दा धेरै मानिसको पहुँचमा पुग्न सफल, सरल र भरपर्दो प्रसारण माध्यम अहिले पनि रेडियो हो । उनले भने,‘रेडियोले आम नागरिकको आवाज बन्न सक्नु पर्छ । जब सम्म आवाज विहीनको आवाज बन्न सक्दैन तब सम्म रेडियोको भूमिका अधुरो हुन जान्छ ।’

वार्षिकोत्सवका अवसरमा सिंहले रेडियोलाई शुभकामना समेत दिए ।
रेडियोले स्थापना दिवसका अवसरमा रेडियोका सम्भावना, चुनौती, अवसर लगायतका बारेमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ डोटीका अध्यक्ष मोहन शाहीले नेपालमा आम सञ्चारको एक सशक्त माध्यमका रूपमा रेडियोलाई लिन सकिने बताए ।
जिल्लामा सञ्चालित मिडिया हाउसलाई अगाडि बढाउन स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका रहने बताउँदै सहकार्य गरेर महासंघ अगाडी बढ्न तयार रहेको बताए ।

 

त्यस्तै अन्तरक्रिया कार्यक्रममा बोल्दै गैरसरकारी संस्था महासंघका डोटीका अध्यक्ष लालबहादुर विकले समाज परिवर्तनमा मिडियाको अतुलनीय भूमिका रहेको बताए ।

 

त्यस्तै अन्तरक्रिया कार्यक्रममा बोल्दै डोटी बहुमुखी क्याम्पसका सह-प्राध्यापक लोकराज भट्टले सञ्चार माध्यम सूचनाको वाहक रहेको बताए। शैक्षिक आन्दोलनमा समेत मिडियाले अग्रणी भूमिका खेलेको बताउँदै आगामी दिनमा नागरिकको आवाज बन्न तर्फ रेडियो अगाडि बढ्नु पर्नेमा जोड दिए ।

त्यस्तै अन्तरक्रिया कार्यक्रममा बोल्दै रेडियो नेपाल दिपायलमा कार्यरत प्रकाश बमले नागरिकको पहुँचमा पुग्न सफल, सरल , सस्तो र भरपर्दो प्रसारण माध्यमका रूपमा रेडियोलाई लिन सकिने बताए ।

 

बमले भने,‘सूचना, मनोरञ्जन र शिक्षामा स्थानीय स्तरको स्वाद बोकेर एफएम रेडियोहरूले प्रसारण गरिरहेकाले गाउँघरमा अहिले सञ्चारको पहिलो माध्यम रेडियो नै हुन पुगेको छ ।  अहिले लोडसेडिङको समयमा त झन् रेपालमा रेडियोको महत्व बढ्न थालेको छ । अझ दुर्गम ग्रामीण क्षेत्र र पत्रपत्रिका समयमा पुग्न नसक्ने ठाउँमा खुलेका रेडियो त सूचनाको प्रमुख आधार हुन पुगेको छ ।’
रेडियोले समय सुहाउँदो नवीनतम प्रविधिहरूको उपयोग गर्दै अझ निष्पक्ष, तथ्यपूर्ण, विश्वसनीय र भरपर्दो समाचार र सूचना प्रवाह गरी आगामी दिनमा नागरिकको अझ धेरै सामीप्यमा रहन सकोस् भन्दै बमले शुभकामना दिए ।

 

रेडियो डोटी ९८.५ मेगाहर्जले आफ्नो प्रसारणको आठ वर्ष पुरा गरेको छ । फारवेष्ट मिडिया प्राली द्धारा डोटी जिल्लाको सदरमुकाम सिलगढी वाट २०७२ साल फागुन महिनाको २४ गते परिक्षण प्रसारण सुरु गरेको गरेको हो ।

रेडियोले दैनिक अठार घण्टा समाचार तथा कार्यक्रम प्रसारण गर्नुका साथै पाच वटा समाचार वुलेटीन र दर्जनौ नेपाली तथा डोटेली भाषका कार्यक्रमहरु प्रसारण गर्दै आइरहेको रेडियोका स्टेशन कोडीनेटर रश्मि कुँवरले बताइन् ।

सत्य तथ्यको रफ्तार सामाजीक न्यायको आधार भन्ने मुल नाराका साथ प्रसारण भैरहेको रेडियोले सुचना, सन्देश, जानकारी, शिक्षा तथा जनचेतना फैलाउनुका साथै मनोरञ्जन प्रदान गरि रहेको  स्टेशन कोडीनेटर कुँवरले जानकारी दिईन् ।

वार्षिकोत्सवका अवसरमा श्रोता, विभिन्न क्षेत्रवाट सहयोग गर्ने सहयोगी दाता, विज्ञापन दाता, संस्थापक लगायत सम्पुर्णमा रेडियोका स्टेशन कोडीनेटर कुँवरले धन्यवाद ज्ञापन गरेकि छन् ।

Salmuni
Leave A Reply

Your email address will not be published.