Sujang

निमार्ण कम्पनीको लापरबाही :ठेक्काम्याद ४ महिनाबाँकी हुदाँ प्रगति १० प्रतिशत

गणेश मौनी ,डोटी:डोटीको जोरायल गाउँपालिका अन्तरगत रहेको बुडर–जोरायल सडकको रिठा–चन्कट्टे खण्डमा ठेक्काम्याद सकिन ४ महिना मात्र बाकी रहदाँ प्रगती १० प्रतिशत मात्रै भएको छ ।

३ बर्षमा कार्य सम्पन्न हुने गरि २०७७ साल असार ३० गते सम्झौता भएको उक्त सडक खण्डमा हाल सम्म १० प्रतिशत मात्रै कार्य प्रगति हुदाँ निमार्ण कम्पनीको लापरबाहीका कारणले कार्य हुन नसकेको स्थानियले आरोप लगाएका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक बर्ष ०७६÷०७७ को बजेट मार्फत उक्त सडक खण्डको स्तरोन्नतीको काम ठेक्का सम्झौता भई निर्माण कम्पनी शर्मा–राजेन्द्र जेभीले सम्झौता भएकै दिन साईड र कार्यादेश पाएको थियो । उक्त सम्झौता अनुसारको म्याद ०८० असार २९ गते सम्पन्न हुँदैछ । काम भने १० प्रतिशत मात्रै भएको पूर्वाधार विकास कार्यालय, डडेल्धुराले जानकारी दिएको छ ।
‘हाल सम्म बित्तीय प्रगति १० प्रतिशत मात्रै भएको छ, भौतिक प्रगति पनि १०÷१२ प्रतिशत नै होला’कार्यालय प्रमुख नवराज रावल भन्छन् ‘अवतोकिएको समयमा काम सम्पन्न हुने सम्भावना न्यून छ ।’ उनले ठेकेदारको लापरवाहीकै कारण सडक स्तरोन्नतीको कार्य ढिलो भएको वताएका छन् । उनी भन्छन् ‘अहिले पनि काम सुरु भएको छैन, निर्माण कम्पनीले होली लगत्तै काम सुरु हुन्छ भनेको छ ।’
आफु कार्यालय प्रमुख भएर आएको एक महिना मात्रै भएको बताउँदै रावलले आउने बित्तिकै निर्माण कम्पनीलाई ढिलाई हुनुको कारण बारे स्पष्टिकरण सोधेको जानकारी दिए । स्पष्टिकरणमा निर्माण कम्पनीले कोभिड महामारीका कारण निर्माण कार्यमा ढिलाई भएको उल्लेख गरेको रावल वताउँछन् । उनी भन्छन् ‘होली लगत्तै काम सुरु गर्ने र तिव्र गतिमा निर्माण कार्य अगाडि वढाउने स्पष्टिकरण पत्रमा उल्लेख भएको छ, त्यसो भएन भने फेरी अन्य प्रक्रियामा जानु पर्ला ।’

निर्माण कम्पनी भने ठेक्का सम्झौताको म्यादभित्रै काम सम्पन्न हुने दावी गर्छ । ‘बिविध कारणले निर्माण कार्यमा केही ढिलाई भएको हो’ निर्माण कम्पनीका प्रतिनिधि रोशन भट्ट भन्छन् ‘तर असार मसान्त भित्रै हामी काम सम्पन्न गछौं ।’ उनले १० किलो मिटर मध्ये ८ किलोमिटरमा सवै काम भईसक्ने र बाँकी २ किलोमिटरमा बिवा दभएका कारण अलि ढिलो हुने वताए । उनी सडकमा अहिले काम भईरहेको दावी गर्छन् । उनले थपे ‘अहिले काम सुरु भईसकेको छ, होली लगत्तै थप जनशक्ति र उपकरण परिचालन हुन्छन् ।’

सडक निर्माणका लागि पटक पटक आग्रह गर्दा पनि ठेकेदारले निर्माण कार्यमा ढिलाई गरेको जोरायल गाउँपालिका–४ का वडाध्यक्ष नन्दराज भट्ट वताउँछन् ।
ठेक्का अन्तरगत नदीकिनारमा निर्माण गर्नु पर्ने पर्खाल निर्माण नहुँदा स्थानीय वासीका घर समेत नदी कटानको जोखिममा परेका गाउँपालिकाका प्रवक्ता समेत रहेका भट्ट वताउँछन् । उनले भने ‘सम्झौता गरेर चुपचाप बसिराख्ने ठेकेदारलाई कानून बमोजिम कारवाही हुनुपर्छ ।’

Salmuni
Leave A Reply

Your email address will not be published.