Sujang

जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी दिसिनपालाई

Ban

गणेश मौनी,फागुन १७,डोटी :तेह्रौ जिल्ला स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधीे दिपायल सिलगढी नगरपालिकाले हात पारेको छ ।

डोटीको जोरायल गाउँपालिका वडा नम्बर २ बुडमा संचालन भएको तेह्रौ जिल्ला स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा १६ स्वर्ण ११ रजक, १० कास्य सहित दिपायल सिलगढी नगरपालिका प्रथम भएको हो ।

त्यस्तै ८ स्वर्ण, ९ रजक र ९ काश्य सहित जोरायल गाउँपालिका द्धितिय भएको छ भने ५ स्वर्ण ७ रजक ५ काश्य सहित शिखरनगरपालिका तृतिय भएको हो ।

प्रतियोगितामा सहभागि अन्य आदर्श गाउँपालिकाले ४ स्वर्ण २ रजक ५ काश्य प्राप्त गरेको छ । त्यस्तै बडीकेदार गाउँपालिकाले ३ स्वर्ण ३ रजक १ काश्य प्राप्त गरेको थियो । त्यस्तै पुर्विचौकी गाउँपालिकाले २स्वर्ण ३ रजक र ५ काश्य प्राप्त गरेको छ । त्यस्तै बोगटान फुड्सिलग गाउँपालिकाले २ स्वर्ण २ रजक र १ काश्य प्राप्त गरेको छ । केआई सिंह गाउँपालिकाले २ स्वर्ण २ रजक प्राप्त गरेको छ भने सायल गाउँपालिकाले १ रजक र २ काश्य प्राप्त गरेको थियो ।

विभिन्न बिधामा संचालन भएको प्रतियोगितामा सहभागि खेलाडीहरुलाई शिल्ड, मेडल, प्रमाण पत्र प्रदान गरिएको थियो ।
राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ फागुन १३ गते देखी १५ गते सम्म खेलकुद प्रतियोगिता संचालन भएको थियो ।

राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी हात पार्न सफल खेलाडीहरुलाई दिपायल सिलगढी नगरपालिकाले एक कार्यक्रमका बिच सम्मान समेत गरेको छ । खेलाडीहरुले डोटीको दिपायल स्थित पिपल्ला बजार र सिलगढी बजारमा र्याली सहित बिजय उत्सब मनाएका थिए ।

बिजय उत्सब पश्चात दिपायल सिलगढी नगरपालिकाले लगातार तिन पटक प्रथम हुन सफल भएकोले यस पटक पनि खेलाडीहरुलाई खादा सहित सम्मान गरेको नगरपालिकाले जनाएको छ ।
सम्मान कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपािलका नगर प्रमु बाजी सिंह खड्का (बिजय) ले खेलाडीहरु नगरका गहना भएकोले खेलाडीहरुलाई जहिले पनि प्रवद्र्धनमा सहयोग गर्ने बताए ।
नगरपालिकाले खेलाडीहरुलाई गरेको सम्मान कार्यक्रममा जनप्रतिनिधी कर्मचारी, स्थानियहरुको सहभागिता रहेको नगरपालिकाले जनाएको छ ।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.