Sujang

प्रजनन् स्वास्थ्य तथा सुरक्षित गर्भपतन सम्बन्धी अन्तरक्रिया सम्पन्न

गणेश मौनी ,डोटी :प्रजनन् स्वास्थ्य अधिकार र सुरक्षित गर्भपतन सेवाको पैरवीको लागि नागरिक समाज र अन्तरपार्टी महिला संजालसंगको अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम शनिबार सिलगढीमा सम्पन्न भएको छ ।
सामुदायीक बिकास मञ्च डोटी र आईपास नेपालको संयुक्त साझेदारीमा संचालित सुरक्षित गर्भपतन सुढृढीकरण परियोजना अन्तरगत कार्यक्रमको आयोजना गरिएको थियो ।
अन्तरक्रिया कार्यक्रममा प्रजनन् स्वास्थ्य अधिकार र सुरक्षित गर्भपतन सेवाको अवस्थाको बारेमा सामुदायिक विकास मञ्च (सिडिएफ)डोटी द्धारा संचालित सुरक्षित गर्भपतन सुदृढीकरण परियोजनाकी कार्यक्रम अधिकृत मधु पोख्रेलले प्रस्तुतीकरण गरेकी थिईन् ।
कार्यक्रमका सहभागिहरुले प्रजनन् स्वास्थ्य अधिकार र सुरक्षित गर्भपतन सेवाको बारेमा स्थानिय सरकारले अपनत्व लिनुपर्ने, स्थानिय सरकारको निती, कार्यक्रममा समाबेश गर्नुका साथै आवश्यकता अनुसारको बजेटको ब्यवस्थापन र कार्यान्वयन गर्नुपर्ने,प्रजनन् स्वास्थ्यको विषयमा आम नागरिकलाई जानकारी दिनुपर्ने, परिवार नियोजनका साधनहरुको प्रयोग दर बढाउन पहल गर्नुपर्ने लगाएतका धारणाहरु राखेका थिए ।
आम नागरिकलाई यौन तथा प्रजनन् स्वास्थ्यको बारेमा जानकारी दिनुका साथै असुरक्षित रुपमा गरिने गर्भपतन लाई निरुत्साहीत गर्न आवश्यक रहेको सामुदायिक विकास मञ्च डोटीकी (सिडिएफ) सुरक्षित गर्भपतन सुदृढीकरण परियोजना कार्यक्रम अधिकृत मधु पोख्रेलले बताईन् । उनले भनिन् ,´सुरक्षित गर्भपतन सेवाको बारेमा महिलाहरु जानकार त भईसकेका छन् । सुचिकृत स्वास्थ्य संस्थामा सुरक्षित रुपमा गर्भपतन गराउन जान सबैले जानू पर्छ ।`

सुरक्षित गर्भपतन सेवा लिने जोकोही महिलाहरुले सेवा लिने स्वास्थ्य संस्था र स्वास्थ्य कर्मि सुचिकृत छ की छैन भनेर ख्याल गर्नुपर्ने समेत अधिकृत पोख्रेलले बताईन्।

अन्तरक्रिया कार्यक्रममा प्रजनन् स्वास्थ्य अधिकार र सुरक्षित गर्भपतन क्षेत्रमा देखिएका समस्यालाई न्यूनिकरण गर्नको लागि नागरिक समाजले दुई वटा कार्ययोजना तयार गरि कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।

कार्ययोजना अनुसार डोटीको सायल गाउँपालिका र आदर्श गाउँपालिकामा यौन तथा प्रजनन् स्वास्थ्य र सुरक्षित गर्भपतन सेवा सम्बन्धी अन्तरक्रिया गर्ने, परिवार नियोजनका साधनहरुको अधिकतम प्रयोग दर बढाउने, स्वास्थ्य निति निमार्णका लागि पैरबी गर्ने लगाएतका कार्यक्रमहरु रहेका छन् ।
सामुदायिक विकास मञ्च डोटीले आइपास नेपालसँगको साझेदारीमा डोटीको सायल र केआईसिंह गाउँपालिका तथा डडेल्धुराको नवदुर्गा र भागेश्वर गाउँपालिकामा सन् २०१८ देखि सुरक्षित गर्भपतन सुदृढीकरण परियोजना संचालन गर्दै आईरहेको सामुदायिक विकास मञ्च डोटीका फोकल पर्शन सिद्धराज जोशीले बताए ।

अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा जिल्ला स्थित सरोकारवाला निकाए, नागरिक समाज, जनप्रतिनिधी, राजनितिक दलका महिलाहरु, संघ संस्थाका प्रमुख प्रतिनिधी लगाएतको सहभागिता रहेको थियो ।

Salmuni
Leave A Reply

Your email address will not be published.