Sujang

महिला स्वास्थ्य स्वयम् सेविकालाई सम्मान

Ban

फागुन १३ ,डोटी :डोटीको बोगटान फुड्सिल गाउँपालिकाले पालिका भित्र रहेका ८१ जना महिला स्वास्थ्य स्वयंम सेबिकाहरुलाई शुक्रबार एक कार्यक्रमका बिच सम्मान गरेको छ ।
स्वयमसेबी भावका साथ निरन्तर समुदायमा रहेर महिलाहरूको स्वास्थ्य तथा सामाजिक सचेतना फैलाउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै महिलासँग उपाध्यक्ष कार्यक्रम अन्तरगत महिला स्वास्थ्य स्वयंम सेविकाहरूलाई सम्मान गरिएको बोगटान फुड्सिल गाउँपालिकाकी उपाध्यक्ष बिस्ना देउवा बमले बताइन् ।

Krishi

उपाध्यक्ष देउवाले भनिन् ‘बोगटान फुड्सिलका महिला स्वास्थ्य स्वयंमसेविकाहरुले स्वास्थ्यका क्षेत्रमा मात्र नभई राज्यका महत्वपूर्ण अभियानहरूलाई सफल बनाउनमा अहम भूमिका खेलेकोले प्रोत्साहन स्वरुप सम्मान गरेको हो। `


महिला स्वास्थ्य स्वयंमसेविकाहरुलाई दोसल्ला, प्रमाणपत्र र नगद सहित सम्मान गरिएको हो ।


उपाध्यक्ष बमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा अध्यक्ष,स्वास्थ्य शाखा प्रमुख, गाउँपालिकाका विषयगत शाखा प्रमुख, स्वास्थ्य चौकी प्रमुख, पालिकाभित्रका सबै महिला स्वास्थ्य स्वयंमसेबिकाहरुको सहभागिता रहेको थियो ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.