Sujang

टीकापुर घटनालाई राजनितिक रुपमै समाधान गरिनु पर्ने : मुख्यमन्त्री शाह

माघ ,२८ गते ः सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रि कमलबहादुर शाहले टीकापुर घटनालाई राजनितिक रुपमा हेरी राजनितिक रुपमा नै समाधान गरिनु पर्ने बताएका छन् ।

जेलमा रहेका रेशम चौधरीको घर कैलालीको जानकी गाउँपालिका वडा नम्बर ६ जगतपुरमा पुगि मुख्यमन्त्रि शाहले रेशम चौधरीलगाएतका जेलबन्दिलाई रिहाइका लागि आफ्नो तर्फ हुने सम्पूर्ण पहल गर्ने आश्वासन समेत दिएका हुन् ।

उनले पटक पटक टीकापुर क्षेत्रलाई विभिन्न कोणबाट बदनाम गर्ने काम भएको भन्दै अब हामीहरु त्यसप्रति सचेत भएर यस क्षेत्रका सबै नागरिकहरु एक ठाउँमा उभिनुको विकल्प नभएको र त्यसको शुरुवात आफूले गर्ने बताए ।

मुख्यमन्त्रि शाहले शनिबार बिहान रेशम चौधरीको घर जगतपुर पुगेर उनकी आमा सुल्फिदेवि चौधरीलगाएत अन्य परिवारलाई भेटघाट गरेका छन् ।

Salmuni
Leave A Reply

Your email address will not be published.