Sujang

शिखर नगरपालिकाका उप -प्रमुख जोराद्वारा एक महिलाको उद्धार

डोटी :डोटीको शिखर नगरपालिकाले एक महिलाको उद्धार गरेको छ ।

दिपायल सिलगढी नगरपालिकाको सिलगढी बजारमा अलपत्र अवस्थामा रहनुभएकी शिखर नगरपालिका वडा नम्बर १० बानेडुग्रीसैनकी दुर्गा देवी बलायरको आइतबार उद्धार गरिएको हो ।

बलायर एक हप्ता देखि जिल्ला सदरमुकाम सिलगढी बजारमा अलपत्र अवस्थामा रहनुभएको थियो ।

मानसिक रोगको औषधी सेवन गरिरहनु भएकी बलायर एक्कासि घरबाट निस्किएको आफन्तले बताएका छन् ।

पत्रकार प्रकाश बमले सामाजिक संजाल तथा फोन मार्फत बलायर सिलगढीमा अलपत्र अवस्था रहेको खबर गरे पश्चात शिखर नगरपालिकाका उप-प्रमुख सुनिता रावल जोरा उद्धारको लागि सिलगढी पुगेकी थिइन् ।

उनको जिल्ला अस्पतालमा स्वास्थ्य जाँच गरेर आफन्तको जिम्मा लगाएको उप प्रमुख जोराले बताइन् । उनले भनीन्,´ छोरी भएर एउटा आमालाई सकुशल उद्वार गर्न पाउँदा खुशी छु। आगामी दिनमा पनि स्थानीय सरकारको अनुभुती दिन यस्ता कार्यहरूलाई निरन्तरता दिदै जानेछौँ।´

उनको घरमा वृद्ध सासू बाहेक कोही नरहेको स्थानीयको भनाई छ ।

उनका श्रीमान् रोजगारीको लागि र छोरा पढाइको लागि भारतमा तथा छोरी पढाइको सिलसिलामा काठमाडौँ रहेको पाइएको छ ।

हराएको एक हप्ता पछि सकुशल उद्वार गरेर घरमा पुर्‍याउन सहयोग गर्ने सबैलाई उहाँको परिवारले धन्यवाद व्यक्त गरे।

Salmuni
Leave A Reply

Your email address will not be published.