
गणेश मौनी :दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ ले सिलगढीमा रहेको बाल मन्दिर आधारभुत बिद्यालयमा अध्ययनरत १ सय ४८ जना बालबालिकाहरुलाई बिद्यालय पोषाक बितरण गरेको छ ।
वडा कार्यालले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै बिद्यालयमा अध्ययनरत ५४ जना छात्र र ९४ जना छात्राहरुलाई तलमाथी लगाउने बिद्यालय पोषाक बितरण गरेको हो ।
आर्थिक स्थिती कमजोर भएका बालबालिकाहरुलाई केही राहात होस भन्ने हेतुले बिद्यालय पोषाक सहयोग गरेको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नरेश मलासिले बताए । उनले भने हामीले गरेको धेरै ठुलो सहयोग त होईन तर पनि सबै बिद्यार्थिहरुलाई बिद्यालय पोषाक दिदाँ बिद्यार्थिहरुमा हौसला आउनुका साथै शैक्षिक गुणस्तर अभिबृद्धीमा सहयोग पुगोस भन्ने अपेक्षा लिएको बताए । वडा नम्बर ६ लाई पूर्ण बालश्रम मुक्त वडा घोषणाका लागि निरन्तर लागिरहेको समेत वडा अध्यक्ष मलासीले बताए ।
बालबालिकालाई पढाई प्रति आकर्षित गराउनमा यस्ता कार्यले सहयोग गर्ने डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताईन् । उनले भनिन् बिद्यार्थिहरुको शैक्षिक गुणस्तर बढाउन बिद्यालयमा गरिने पढाई लेखाईले मात्र पुग्दैन बिद्यार्थिहरुलाई उत्पे्ररण जगाउने खालका क्रियाकलाहरु पनि अनिबार्य आवश्यक रहेको बताए । बिद्यार्थिहरुलाई गरेको सहयोगले पनि बिद्यार्थिहरुको पढाई तर्फको मनोबल बढाउन सहयोग पुग्ने बताईन् । स्थानीय सरकारले बिद्यार्थिहरुलाई सहयोग पुग्ने खालका कार्यक्रमहरुलाई जोड दिन आवश्यक रहेको समेत बताईन् ।
डोटीको जिल्ला सदरमुका सिलगढीमा रहेको बाल मन्दिर आधारभुत बिद्यालयमा प्राय आर्थिक स्थीती कमजोर भएका, आमा बुवा नभएका बालबालिकाहरु बढी अध्ययन गर्ने गरेको बिद्यालयले जनाएको छ ।
वडा कार्यालयले बिद्यालयमा गएर आयोजना गरेको बिद्यालय पोषाक बितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, प्रहरी कार्यालय, नागरिक समाज, पत्रकार र स्थानियहरुको सहभागिता रहेको थियो । वडा कार्यालयले आर्थिक बर्ष २०७९।०८०मा बिनियोजन गरेको वडाको कार्यक्रमबाट बालबालिकाहरुलाई सहयोग गरेको जनाएको छ ।