

डडेल्धुरामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको भागेश्वर गाउँपालिका–४ आर्कुडाका ४२ वर्षीय सुन्दरसिंह भाटको करेन्ट लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार घर नजिकैको ट्रान्सफर्मरमा फ्युज जोड्ने क्रममा भाटको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।
मृतक भाट नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुरा अन्तर्गत बगरकोट सव स्टेशनमा सुरक्षा गार्डको काम गर्दै आएका थिए ।

