

सुशासन,पारदर्शीता र खुल्लापनका लागि सूचनाको हक अपरिहार्य रहेको राष्ट्रिय सुचना आयेगका प्रमुख सुचना आयुक्त महेन्द्रमान गुरुङ्गले बताएका छन् ।
अछामको मंगलसैन र वाजुरमा भएको सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सुसूचित समाज निर्माणका लागि सुचना लिने र दिने कार्यले सुशासन,पारदर्शीता र खुल्लापनको प्रत्याभूति हुने बताएका हुन् ।

राष्ट्रपति कार्यालय देखि सबै स्थानीय कार्यालय तथा सार्वजानिक निकायमा सबै सर्वसाधारण नागरिकले सूचना माग्न पाउने अधिकार भएकाले दुरदराजका आम सर्वसाधारण नागरिकका लागि आफ्ना आफ्ना आधारभूत आवश्यकता जान्न चाहेको खण्डमा उनिहरुलाई सहज रुपमा सुचना प्रदान गर्न पनि सम्पुर्ण सूचना अधिकारीलाई आग्रह गर्नुभयो ।
कतिपय स्थानीय तहहरुले सूचना आदानप्रदानमा प्रभावकारीता नदेखाएको समेत प्रमुख आयुक्त महेन्द्रमान गुरुङ्गले बताए ।
सूचनाको हक सम्वन्धी अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख ललित कुँवरले नियम कानूनको प्रावधानमा रहि सबैले सूचना आदानप्रदान गर्नु पर्ने बताए । अछामका सार्वजानिक निकायहरुमा जनशक्ति अभावका कारण सूचना प्रवाहमा केहि समस्या भएको उल्लेख गरे ।
सूचना प्रवाहमा पत्रकार तथा संचार माध्यामको अग्रणी भूमिका रहने भएकाले स्वच्छ,निष्पक्ष ढंगबाट सूचना प्रवाह गरि आम नागरिकलाई सुसूचित पार्न जिल्ला समन्वय समिती प्रमुख ललित कुवँरको आग्रह गरे ।
अछामका प्रमुख जिल्ला अधिकारी राम दत्त पाण्डेले संविधानमानै सूचनाको हक प्रष्ट उल्लेख गरेकाले ढुक्क भएर सूचना माग्न सबैलाई आग्रह गर्नुभयो । सबै अधिकार स्थानीय तह अन्र्तगत भएकाले प्रायः स्थानीय तहहरुमा सूचनाको हक सम्बन्धी प्रशिक्षण दिनु पर्ने आवश्यकता औँल्याए ।

