Sujang

कैलालीबाट लागु औषध खैरो हिरोइन सहित १ जना पक्राउ

Ban

कैलालीको टीकापुरबाट लागु औषध खैरो हिरोइन सहित १ जना पक्राउ परेका छन ।

टीकापुर नगरपालिका – ८ मा रहेको प्रहरी चौकी कालाकुण्डाबाट खटिएको गस्ती टोलीले भारतबाट नेपाल आउँदै गरेका लम्कीचुहा नगरपालिका – २ मोतीपुरका २५ बर्षीय रेनिस डाँगीलाई लागु औषध खैरो हिरोइन सहित पक्राउ गरेको हो ।

सु.प.प्र. ०१००९ प ३५२९ नम्बरको मोटरसाइकलमा आउँदै गरेका डाँगीको साथबाट ८ ग्राम ९१० मिलिग्राम खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.