Sujang

घोडाघोडी नगरपालिकाद्धारा नियम विपरित बनाइएका संरचना हटाउन सुरु

Ban

कैलालीको घोडाघोडी नगरपालिकाले सडक क्षेत्र अतिक्रमण गरी बनाएका संरचना भत्काउन सुरु गरेको छ । नगरपालिकाले पूर्व पश्चिम राजमार्ग अन्तरगत वडा नम्बर २ को सुक्तिकाडाँबाट बुधवार देखि सडक क्षेत्रमा निर्माण गरिएका संरचना भत्काउन सुरु गरेको हो ।

पटक पटक सूचना जारी गर्दासमेत हटाउन अटेर गरेपछि नगरपालिकाले डोजर प्रयोग गरी संरचना हटाउन शुरु गरिएको घोडाघोडी नगरपालिकाले जनाएको छ ।

सवारी दुर्घटना न्यूनीकरण कम गर्न तथा स्वच्छ, सफा र सुन्दर नगरपालिका बनाउन सडकमा रहेका सबै प्रकारका अतिक्रमण हटाउने कामको सुरुवात गरीएको नगरप्रमुख खडक बहादुर रावतले बताए ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत वडा नम्बर २ को सुक्तिकाडाँ देखी वडा नम्बर १० को आमखौयासम्मको सडक क्षेत्र मिचि बनेका सबै संरचना भत्काइने प्रमुख रावतले बताए ।

 

Salmuni
Leave A Reply

Your email address will not be published.