पुस ९, डोटी -डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ लडागडामा बालक्लबका पदाधीकारीहरुका लागि दुई दिने जिवन उपयोगि सिप तालिम शनिबार सम्पन्न भएको छ ।
गुड नेवर्स ईन्टरनेशनल नेपालको सहयोगमा सामुदायीक बिकास केन्द्र डोटीले बालबालिबाहरुलाई जिवन उपयोगि सिप सम्बन्धी विभिन्न विषयमा जानकारी गराई दैनिक जिवको ब्यवहारमा कार्यान्वयन गर्न सहजताहोस भन्ने उद्देश्यले तालिमको आयोजना गरेको सामुदायीक बिकास केन्द्र डोटीका एकिकृत सामुदायीक बिकास परियोजनाका अधिकृत एकराज बडुले बताए ।
बालबालिकाहरुलाई हरेक तबरले कसरी लगनशिल, सभ्य, मेहनती र अनुशासीत बनाउन सकिन्छ भन्ने तालिमको मुख्य ध्यय हो । सोही अनुरुप बालबालिकाहरुलाई विभिन्न विषयमा जानकारी गराएको र वडा अन्र्तरगतका सबै बिद्यालयहरुमा बालक्लब गठन गरि विभिन्न कार्यक्रमहरु संचालन गरिदै आएको समेत अधिकृत बडुले बताए ।
वडा कार्यालयमा संचालन भएको तालिममा बालबालिकाहरुका लागि जिवन उपयोगि सिप, बाल अधिकार, बालक्लब ब्यवस्थापन र बालबालिकाहरुको कर्तब्य र अधिकारको बारेमा छलफल गरिएको थियो ।
दुई दिन सम्म संचालन भएको तालिममा वडा अन्र्तरगतका विभिन्न बालक्लबबाट २३ जना बालबालिकाहरुको सहभागिता रहेको थियो । तालिमको सहजीकरण पत्रकार गणेश मौनीले गरेका थिए ।