Sujang

धनगढीमा एक सातासम्म दैनिक ८ घण्टा विद्युत अवरुद्ध हुने

धनगढी-धनगढीमा १ सातासम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ। निर्माणाधिन सडकमा विद्युतीय संरचना स्थानान्तरणका लागि पौष ७ गते आज देखि पौष १३ गते सम्म बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म विद्युत अवरुद्ध हुने भएको हो।

नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले धनगढी उपमहानगरपालिकाको कार्यालयदेखि निर्माणाधिन चटकपुर चोक र पश्चिम रिङ्गरोड सम्मको सडकमा रहेका विद्युतीय संरचना हटाउन राजपुर फिडरको विद्युत लाइन अवरुद्ध हुने जनाएको छ।

Salmuni
Leave A Reply

Your email address will not be published.