Sujang

कैलालीको अत्तरियामा सुन व्यवसायीमाथि गोली प्रहार

Ban

कैलालीको अत्तरियामा सुनचाँदी व्यवसायीमाथि आइतबार बेलुका गोली प्रहार भएको छ । अत्तरियास्थित घोडोघाडी सुन चाँदी पसलका सञ्चालक २८ वर्षीय विकास सुनार माथि गोली प्रहार भएको हो ।

 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार घोडोघोडी नगरपालिका १ घर भएका सुनुवार अत्तरिया चोकबाट पश्चिमबाट पूर्वतर्फ मोटरसाइकलमा जाने क्रममा विपरीत दिशातर्फ मोटरसाइकलमा सवार व्यक्तिबाट गोली प्रहार भएको हो ।

दायाँ पाखुरामा गोली लागि घाइते भएका सुनुवारको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गोली हान्ने व्यक्तिको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

 

Salmuni
Leave A Reply

Your email address will not be published.