Sujang

डोटी जेसिजद्धारा भूकम्प प्रभावित बाबालिकाहरुका लागि शैक्षिक सामग्री हस्तान्तरण

Ban

डोटी जेसीजले भूकम्प प्रभावित बलबालीहरुलाई शैक्षिक सामग्री उपलब्ध गराएको छ । पूर्वीचौकी गाउँपालिका – ३ का भूकम्प प्रभावित बालबालिकाहरुका लागि गाउँपालिका मार्फत शैक्षक सामग्री हस्तान्तरण गरिएको हो ।

डोटी जेसिजका पदाधिकारीहरुले पूर्वीचौकी गाउँपालिकामा गएर पालिका अध्यक्ष रामप्रसाद उपाध्याय मार्फत उक्त सामग्री हस्तान्तरण गरेका हुन् । बालबालिकाहरुको पढाइमा सहयोग पुगोस् भनेर २० जना बालबालिकाहरुका लागि विद्यालय झोला, कपी, डटपेन, औजारबक्स लगायतका सामाग्री वितरण गरिएको डोटी जेसिजका अध्यक्ष गणेश कठायतले बताए । गाउँपालिका मार्फत प्रभावित बालबालिकाहरूलाई लक्षित गरेर हस्तान्तरण गरिएको उनले बताए ।

केसिजको सहयोगले भूकम्प प्रभावित क्षेत्रका स्कुले बालबालिकाको पढाइमा सहयोग पुग्ने गाउँपालिका अध्यक्ष जोशीले बताए । जेसिजका धन्यवाद दिँदै उनले सो सामग्री वास्तविक प्रभावित बालबालिकालाई वितरण गरिने बताए ।

कार्तिक १२ गते गएको भूकम्पका कारण सो ठाउँका दर्जनौं घरहरू भत्किएका थिए भने ६ जनाको मृत्यु भएको थियो ।

Salmuni
Leave A Reply

Your email address will not be published.