Sujang

कैलालीमा हसिया प्रहारबाट एकको मृत्यु

Ban

मंसिर २१ गते -कैलालीमा भिनाजुले गरेको हसिया प्रहारबाट साला नाता पर्ने एक जनाको मृत्यु भएको छ भने अर्को घाइते भएका छन । हसिया प्रहारबाट जोशीपुर गाउँपालिका – ६ कुमारी बाग बस्ने ३३ बर्षीय पदम राज भण्डारीको मृत्यु भएको हो ।

Krishi

भिनाजु नाता पर्ने स्थानीय ५० बर्षीय गौरीलाल ढुङगानाले साला नाता पर्ने भण्डारीमाथि हसिया प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वेदप्रसाद जोशीले बताएका छन। भिनाजुको हसिया प्रहारबाट अर्का साला ४० बर्षीय जयराज भण्डारी गम्भिर घाइते भएका छन् ।

उनको उपचारका लागि कोहरलपुर रिफर गरिएको डिएसपी जोशीले बताए । मंगलबार राती करिब ९ बजे भएको घटना पछि आरोपित ढुङगाना फरार हरेको प्रहरीले जनाएको छ । डिएपी जोशीले फरार भएको ढुङ्गानाको खोजीका लागि प्रहरीको २ वटा टोली परिचालन गरिएको बताएका छन् ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.