Sujang

आदर्श गाउँपालिकाले स्वयंमसेवक शिक्षक राख्ने

Ban

गणेश मौनी मंसिर २०, डोटी -डोटीको आदर्श गाउँपालिकाले पालिका भित्र रहेका सामुदायीक बिद्यालयहरुमा स्वयंमसेवक रुपमा काम गर्न चाहाने युवाहरुलाई स्वयंमसेवक शिक्षकको रुपमा राख्ने भएको छ ।

गाउँ शिक्षा समितिको मंगलबार बसेको बैठकको निणर्य अनुसार स्नातक तह अध्यनन पुरा गरेका स्वंदेशी तथा बिदेशी युवाहरुहरुलाई माध्यामीक तहमा स्वयंमसेवक शिक्षकको रुपमा काम गर्न चाहाने युवाहरुलाई अबसर दिईने आदर्श गाउँपालिकाका अध्यक्ष गणेश बहादुर खड्काले बताए ।

Krishi

उनले भने पालिका भित्र रहेका सामुदायीक बिद्यालयहरुमा माध्यामीक तहको गणीत, बिज्ञान र अंग्रेजी बिषयमा स्वयंमसेवक भएर काम गर्न चाहाने स्वदेशी तथा बिदेशी युवाहरुलाई अबसर दिईने छ त्यस्ता युवाहरुलाई पालिकामा सम्पर्क गर्न जानकारी गराए । स्वयंम सेवक शिक्षक भएर काम गर्ने युवाहरुलाई विशेष सम्मान गरिने समेत अध्यक्ष खड्काले बताए ।

गाउँ शिक्षा समितिले पालिकाभित्र माध्यामीक तहमा शिक्षण अनुदानमा कार्यरत पालिकामा आवश्यक कागजात पेश गर्न बाकी रहेका सम्पूर्ण शिक्षकहरुलाई पौष १५ गते भित्र पालिकामा आवश्यक कागजात पेश गर्न जानकारी गराएको समेत पालिकाले जनाएको छ ।

स्वयंमसेवक शिक्षक भएर काम गर्न चाहानेहरुका लागि सार्बजनिक रुपमा सुचना आह्वान गर्ने यो डोटीको पहिलो पालिका हो ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.