Sujang

धनगढीमा तनाव, प्रहरीद्वारा सात राउण्ड अश्रुग्याँस प्रहार

Ban

मंसिर, १६ गते, धनगढी-निषेधाज्ञाकाबीच विद्यार्थीले प्रदर्शन गरेपछि धनगढी तनावग्रस्त बनेको छ । आफ्नो सहपाठीको हत्या गर्ने दोषीलाई कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै पञ्चोदय माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलनमा उत्रिएका छन् ।
उनीहरुको आन्दोलन उग्र रुप लिन थालेपछि स्थिति नियन्त्रण गर्न प्रहरीले सात राउण्ड अश्रुग्याँस प्रहार गरेको जनाइएको छ । यसैगरी, केही विद्यार्थीमाथि प्रहरीले धडपकड पनि गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । प्रहरीले प्रदर्शनमा उत्रेका केही विद्यार्थीलाई नियन्त्रणमासमेत लिएको छ ।
हिजो विहान रोड निर्माण गरिरहेको कालिका कन्स्ट्रक्सनको ग्रेडरले च्याप्दा पञ्चोदयको कक्षा ८ मा पढ्ने १५ वर्षीया छात्रा चेतना साउँदको घटनास्थलमै ज्यान गएको थियो । ग्रेडरको ठक्करबाट सामान्य घाइते छात्रालाई चालकले ग्रेडर ब्याक गरेर हत्या गरेको विद्यालय परिवारले ठहर गरेको छ । विद्यालय व्यवस्थापन समितिले पनि छात्राको हत्या गरिएको प्रेस विज्ञप्ती जारी गरेर उल्लेख गरेको छ । साथै, दोषीमाथि कडा कारबाहीको माग गरिएको छ । स्थानीय प्रशासनले धनगढीमा हिजोदेखि नै निषेधाज्ञा जारी गरेको छ ।

Salmuni
Leave A Reply

Your email address will not be published.