Sujang

मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नहुँदा बैतडीमा १९ हजार मत वदर

बैतडीः मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नहुँदा यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बैतडीमा करिब १९ हजार सात सय ७१ मत बदर भएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्य प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभा प्रत्यक्ष र समानुपातिक गरी सो सङ्ख्यामा मत बदर भएका हुन्। प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ ७७ हजार चार सय ६० मत खसेका थिए । जसमध्ये चार हजार नौ सय ६२ मत बदर भएका छन्। प्रदेशसभा क्षेत्र नं १ मा प्रत्यक्षतर्फ ४० हजार एक सय ५५ मत खसेकामा दुई हजार १३ मत बदर भए। प्रदेशसभा क्षेत्र नं २ मा प्रत्यक्षतर्फ ३७ हजार दुई सय ८० मत खसेकामा एक हजार आठ सय २० मत बदर भएका छन्।

प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फ ७७ हजार सात सय ६१ मत खसेकामा पाँच हजार चार सय २१ मत बदर भएका छन्। प्रदेशसभा सदस्य समानुपातिकतर्फ ७७ हजार चार सय २३ मत खसेकामा पाँच हजार ५५ मत बदर भएका छन्। मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नहुँदा यति धेरै सङ्ख्यामा मत बदर भएका हुन्।

Salmuni
Leave A Reply

Your email address will not be published.