

कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा रहेको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ कलुवापुरमा से २ त २४७९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा साइकलमा सवार पुरुषको शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको परिचय खुल्न नसकेको तर झट्ट हेर्दा भारतीय नागरिक जस्तो देखिएको प्रहरीले जनाएको छ । ट्याक्टर चालक २३ वर्षीय सुनिल रानालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाइएको छ ।