Sujang

सुपवाट प्रतिनिधि सभा सदस्यमा विजयी हुने एक मात्र महिला को हुन् ? रन्जिता श्रेष्ठ ।

प्रतिनिधि सभामा सुदूरपश्चिम प्रदेशका कुल १६ निर्वाचन क्षेत्र नं.मध्य हाल १५ क्षेत्रको अन्तिम मतपरिणाम (नतिजा) घोषणा भईसकेको छ । ती क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनेमा एक जना महिला र १४ जना पुरुष रहेका छन् ।

प्रतिनिधि सभा सदस्यका लागी सुदूरपश्चिम प्रदेशबाट ४ जना महिला चुनावी प्रतिस्पर्धामा रहे पनि नागरिक उन्मुक्ती पार्टीका रन्जिता श्रेष्ठले मात्र संघीय संसदको यात्रामा सफलता पाउनु भएको छ ।

यसर्थ उहाँ प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ विजयी हुने एक मात्र महिला सासंद बन्नु भएको छ । नागरिक उन्मुक्ती पार्टीका केन्द्रीय अध्यक्ष रहेकी श्रेष्ठ कैलालीको निर्वाचन क्षेत्र १ बाट प्रतिनिधि सभा सदस्यमा ३० हजार ४०४ मत ल्याएर निर्वाचित हुनु भएको छ । श्रेष्ठले १२ हजार बढी मतान्तरले विजयी हासिल गर्दा प्रतिद्वन्दी नेपाली काँग्रेसका (पूर्व मन्त्री) रामजनम चौधरीले १८ हजार ८१ मत प्राप्त गर्नु भयो ।

२०७४ सालको निर्वाचनमा यो क्षेत्रबाट रन्जिताका श्रीमान रेशम चौधरी करिव ३४ हजार मत ल्याएर विजयी भएका थिए ।

(अदालतले टिकापुर घटनामा दोषी ठहरको फैसलापछि चौधरी हाल कारागारमा रहेका छन् । तत्कालिन समय रेशमले सासंदको लोगो प्रयोग गर्न पाएपनि संसदमा भने प्रवेश पाउन असफल रहेका थिए ) ।

श्रेष्ठ कैलाली क्षेत्र १ मा बिरासत जोगाउन सफल रहदा प्रमुख राजनीति दलबाट प्रतिनिधि सभामा उम्मेद्वार रहेका नेकपा एमालेका गौरी वली, निरु पाल र नेकपा माओवादी केन्द्रका विना मगर पराजित हुनु भएको छ । वली डोटीबाट, पाल कंचनपुर क्षेत्र ३ र मगर क्षेत्र १ बाट उम्मेद्वार रहनु भएको थियो ।

Salmuni
Leave A Reply

Your email address will not be published.