Sujang

कैलालीमा नागरिक उन्मुक्ती पार्टीको तिन क्षेत्रमा जित,एमाले शुन्य

धनगढी ,१० मंसिर -कैलालीमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा प्रत्यक्ष तर्फको अन्तिम मतपरिणाम घोषणा हुदा नागरिक उन्मुक्तीले सवैभन्दा बढी क्षेत्रमा जित निकाल्दा एमाले शुन्यमा झरेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधि सभामा पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा नागरिक उन्मुक्तीले ३ र नेपाली काँग्रेसले २ क्षेत्रमा जित हासिल गरेको छ । कैलाली क्षेत्र १, २, ३ बाट क्रमश नागरिक उन्मुक्तीका रन्जिता श्रेष्ठ, अरुणकुमार चौधरी, गंगराम चौधरी निर्वाचित हुनु भएको छ । यसैगरी काँग्रेसका बीरबहादुर बलायर क्षेत्र ४ र डिल्लीराज पन्त क्षेत्र ५ मा विजयी हुनु भएको छ ।
यस्तै २०७४ सालको निर्वाचनमा कैलाली क्षेत्र नं २ र ५ मा जित निकालेको नेकपा एमाले यो निर्वाचनमा सवै क्षेत्रमा पराजित भएको छ ।
यसैगरी प्रदेश सभामा १० क्षेत्र रहेको कैलालीमा नागरिक उन्मुक्तीले ५, काँग्रेसले ३, नेकपा एस १ र नेकपा माओवादी केन्द्रले १ क्षेत्रमा जित हासिल गरेको छ । यस्तै २०७४ सालको निर्वाचनमा प्रदेश सभातर्फ ५ क्षेत्र जितेको नेकपा एमालेले यसपाली सवै क्षेत्रमा हार ब्यहोरेको छ ।

यता पहिलो पटक निर्वाचनमा होमिएको नागरिक उन्मुक्ती पार्टीका लक्ष्मणकिशोर चौधरी, कैलाल चौधरी, घनश्याम चौधरी, रामेश्वर चौधरी र खुशीराम डगौरा थारू गरि पाँच जना विजयी हुनु भएको छ । यस्तै प्रदेश सभा सदस्यमा काँग्रेसका प्रकाश बहादुर देउवा, प्रकाश बहादुर बम, कमल बहादुर शाह र नेकपा एसका दिर्घबहादुर सोडारी, माओवादी केन्द्रका रमेश धामी निर्वाचित हुनु भएको छ ।

Salmuni
Leave A Reply

Your email address will not be published.