Sujang

कैलाली–४ मा गठबन्धनको ‘क्लिन स्वीप’

Ban

कैलालीको निर्वाचन क्षेत्र नं ४ को प्रदेशसभा सदस्यमा पनि सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
प्रदेशसभा९१० र ९२० मा गठबन्धनका तर्फबाट उम्मेदवार रहनुभएका नेकपा ९एकीकृत समाजवादी०का दीर्घबहादुर सोडारी र नेपाली कांग्रेसका प्रकाश बम विजयी हुनुभएको थियो ।

प्रदेशसभा ९१० मा सोडारीले १३ हजार चार सय ८९ मतसहित प्रतिद्वन्द्वी एमालेका भीम देउवालाई पराजित गर्नुभयो । देउवाले नौ हजार हजार चार सय २३ मत प्राप्त गर्नुभयो । उहाँहरूबीचको मतान्तर चार हजार ५६ छ । यो क्षेत्रमा ३१ हजार पाँच सय ७४ मत खसेको थियो ।

प्रदेशसभा ९२०मा कांग्रेसका बम एमालेकै हरिसिंह साउदलाई पाँच सय १६ मतान्तरले पछि पार्दै विजयी हुनुभयो । बमले १२ हजार चार सय ७३ मत प्राप्त गर्दा साउदले ११ हजार नौ सय ५८ मत प्राप्त गर्नुभयो ।
यसअघि यो क्षेत्रमा नेकपा ९एमाले०का लेखराज भट्टलाई तीन हजार चार सय ३८ मतान्तरले पछि पार्दै प्रतिनिधिसभातर्फ कांग्रेसका सुदूरपश्चिम सभापति वीरबहादुर बलायर निर्वाचित हुनुभएको हो । बलायरले २६ हजार एक ७१ मत पाउँदा एमालेका भट्टले २२ हजार पाँच सय ३३ मत प्राप्त गर्नुभयो ।

Salmuni
Leave A Reply

Your email address will not be published.