Sujang

निर्वाचन सुरक्षालाई लक्षित गर्दै धनगढीमा प्रदेश स्तरिय सुरक्षा गोष्ठी शुरु

Ban

धनगढी २३ कार्तिक- मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन सुरक्षालाई लक्षित गर्दै कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरिय सुरक्षा गोष्ठी शुरु भएको छ । गृह मन्त्रालय र प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्धारा सयुक्त रुपमा आयोजित सुरक्षा गोष्ठीको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गर्नु भयो ।

Posan
Krishi

मंसिर ४ गतेको निर्वाचनलाई निश्पक्ष, स्वतन्त्र, मर्यादीत, भयरहित वातावरणमा सम्पन गर्नका लागि सुरक्षा गोष्ठी आयोजना गरिएको बताईएको छ ।

गृह सचिव विनोदप्रकाश सिंहको अध्यक्षतामा भएको सुरक्षा गोष्ठीमा सुदूरपश्चिम प्रदेशका सचिव नारायणप्रसाद शर्मा दवाडी, प्रहरी महानिरिक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी महानिरिक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धानका प्रमुख हुतराज थापा, नेपाली सेनाका रथी सरोजप्रताप राणा, उच्चपदस्थ सरकारी अधिकारी, सुदूरपश्चिम प्रदेशको नौ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षाका निकायका प्रमुख, कर्मचारी लगायतको सहभागिता रहेको छ ।

गोष्ठीमा विशेष गरि निर्वाचन सुरक्षा लगायतका बिषयमा छलफल हुने बताईएको छ ।

samajik
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.