
सडक विस्तार गर्न धनगढी उपमहानगरले चलायो डोजर
कैलालीको धनगढी उपमहानगरपालिकाले सडक विस्तार गर्न सरकारी संरचनामाथि डोजर चलाउन सुरु गरेको छ ।
कैलाली पुलदेखि क्याम्पसचोकसम्मको मेनरोडको बीच भागबाट दायाँबायाँ १५–१५ मिटर सडक विस्तार सुरु गर्ने क्रममा सरकारी संरचनामाथि डोजर चलाएको उपमहानगरपालिकाले जनाएको छ ।
सडक विस्तार गर्न उपमहानगरका मेयर गोपाल हमाल आफैं फिल्डमा खटिएका छन् । सडक विस्तारको क्रममा १५ मिटर भित्र पर्ने सेती प्रादेशिक अस्पतालको संरचनामा उपमहानगरले डोजर चलाएको छ । कैलाली पुलदेखि क्याम्पसचोकसम्मको दुरी करिब २ किलेमिटर रहेको छ ।