Sujang

कैलालीका ५२ ओटा मतदान स्थल अति संवेदनशिल

कार्तिक १४,कैलाली-सुरक्षाका दृष्टिकोणले कैलालीका ५२ ओटा मतदान स्थल अति संवेदनशिल रहेका छन् ।

जिल्लामा रहेका २३७ ओटा निर्वाचन स्थल मध्ये ५३ ओटा सामान्य, १३२ ओटा संवेदनशिल र ५२ ओटा मतदान स्थल अतिसंवेदनशिल रहेका जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

जिल्ला सुरक्षा समितिको बैठकले ति निर्वाचन स्थलको वर्गिकरण गरेको र अहिले प्रशासन कार्यालयले त्यहि अनुसार काम गरीरहेको उनले बताए । गएको स्थानीय तहको निर्वाचनको आधार र सिमा क्षेत्रका मतदान स्थल बढी संवेदनशिल रहेका छन् ।

मतदान स्थलको संवेदनशिलताका आधारमा सुरक्षा प्रबन्ध मिलाउने र सचेतना अपनाई निर्वाचनलाई स्वच्छ र मर्यादित तवरले सम्पन्न गराउनेमा प्रशासन कार्यालय चनाखो रहेको सूचना अधिकारी जोशीले बताए ।

५ ओटा निर्वाचन क्षेत्र रहेको कैलालीमा २३७ ओटा मतदान स्थल र ६२९ ओटा मतदान केन्द्र रहेका छन् ।

Salmuni
Leave A Reply

Your email address will not be published.