Sujang

कैलालीमा आगलागीबाट एक कराेड बढीको क्षति

Ban

कैलालीको गौरीगङ्गा नगरपालिका–१ चौमाला बजारमा छ वटा पसलमा आगलागी हुँदा एक करोड साढे १३ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

शनिबार साँझ करिब साढे ७ बजे हिमाल मोबाइल ग्यालरीमा विद्युत सर्ट भइ आगो लागेको थियो । सो पसलमा सल्केको आगो नियन्त्रण नभएपछि अरु पसलमा पनि आगलागी भएको थियो ।

आगलागीबाट दुई वटा मोबाइल पसल, एउटा हार्डवेयर पसल, दुई वटा किराना पसल र एउटा होटलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सुरक्षाकर्मी स्थानीय लगायतले गोदावरी र घोडाघोडी नगरपालिकाको दमकलको सहयोगमा एक घण्टा पछी पुर्ण रुपमा आगो नियन्त्रणमा लिएका थिए ।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.