
कैलाली : कैलालीको गौरीगङ्गा नगरपालिका-१ चौमालामा शनिबार साँझ भएको आगलागीबाट छवटा पसलको धनमाल जलेर नष्ट भएको छ।
चौमालाको हिमाल मोबाइल ग्यालरी पसलमा साँझको समयमा अचानक विद्युत्को लाइन सर्ट भई लागेको आगो नजिकै रहेको थप एक मोबाइल पसल, दुई वटा किराना पसल, एक हार्डवेयर पसल र एक होटेलमा सल्केपछि पसल तथा होटेलमा रहेको सामान जलेर क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले बताए।
सशस्त्र प्रहरीको वनवेहँडास्थित सशस्त्र प्रहरीको रिजर्ब गण, नेपाल प्रहरी र स्थानीयवासीको सक्रियतामा घोडाघोडी नगरपालिका र गोदावरी नगरपालिकाको दमकलको सहायतामा झण्डै एक घण्टापछि साँझ साढे ८ बजे आगो निभाइएको छ।
आगलागीबाट भएको क्षतिको थप विवरण आउन बाँकी छ।