

कार्तिक १२,धनगढी-निर्वाचन आयुक्त डा.जानकी कुमारी तुलाधरले सन्तुलित र आधिकारिक सूचना प्रवाह गर्न जरुरी रहेको बताएकी छन् ।
निर्वाचन आयोगद्धारा शनिवार धनगढीमा आयोजित प्रदेश स्तरीय मिडिया अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै निर्वाचन आयुक्त तुलाधरले निर्वाचन सफल बनाउन मिडियाकर्मीको महत्वपूर्ण भूमिका रहने बताइन् ।
उनले सूचना प्रवाह सहजताका लागि आयोगले ई–बुलेटिन र मिडिया डेस्क स्थापना रहेको बताइन् ।
निर्वाचन आयुक्त तुलाधरले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई निष्पक्ष, मर्यादित, भयरहित वातावरणमा सम्पन्न गर्न आयोग लागिपरेको बताइन् ।
यति वेला आयोगले मतपत्रको छपाई, ढुवानी, मतदाता शिक्षा कार्यक्रमलाई अघि बढाइरहेको उल्लेख गर्दै उहाँले मतपत्र बदर न्यूनीकरण गर्न आयोग सचेत बताइन् ।
उनले निर्वाचन सफल पार्न सबैको सहयोग, सहकार्य आवश्यक रहेको बताउँदै निर्वाचन आचार संहिताको राजनैतिक दल र सरोकारवाला सबैले पालना गर्नु पर्नेमा जोड दिइन् ।
