Sujang

जनताको सेवा गर्नु हाम्रो कर्तव्य हो: बलायर

Ban

असोज ७ गते, कैलाली –नेपाली कांग्रेसका प्रदेश सभापति एवम् कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार वीरबहादुर बलायरले जनताको सेवा गर्नु नेताहरुको कर्तव्य रहेको बताएका छन् । सोमबार कैलालीको चुरे गाउँपालिका–३, सहजपुरमा बसर युवा क्लबले आयोजना गरेको भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले जनता मालिक र आफू सेवक भएको प्रतिक्रिया दिएका हुन् ।

विगतमा जनतालाई नोकर सम्झेर दासत्व लाद्न खोज्ने व्यक्ति तथा नेताको अन्त्य जनताले मंसिर ४ मा गर्ने बताउँदै उनले बाम – लोकतान्त्रिक गठबन्धनका उम्मेदवार र सरकार जनतालाई शिरमा राखी मालिक सम्झेर सेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गरे ।

‘जनता जनार्दन हाम्रा मालिक हुन्, हामी जनताका नोकर हौं,’ बलायरले भने,’निर्वाचनपछि बन्ने बाम लोकतान्त्रिक गठबन्धनको सरकार र निर्वाचित हुने जनप्रतिनिधि जनताको नोकर भएर काम गर्न तयार हुनेछन्, किनकी जनता खुसी र सुखी भए मात्रै हाम्रो नौकरी चल्ने छ ।’ जनताको सेवा, देश विकास र समृद्धि सपना र चुनावी एजेण्डा मात्रै नभएर आफ्नो परम कर्तव्य भएको बताउँदै बलायरले आफू निर्वाचन लडेको क्षेत्र मात्रै नभै समग्र सुदूरपश्चिम र राष्ट्रकै जनता प्रति उत्तरदायी हुने बताए ।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.