Sujang

सुदूरपश्चिमका नवनियुक्त वन मन्त्री भट्टले लिए सपथ

Ban

चैत २३ कैलाली : सुदूरपश्चिम प्रदेशका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्टले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। उनले प्रदेश प्रमुख नजिर मियाँबाट शपथ लिएका हुन्।

Krishi

नेपाली कांग्रेस संसदीय दलको निर्णयअनुसार मुख्यमन्त्री कमलबहादुर शाहले आजै भट्टलाई मन्त्रीमा नियुक्त गरेका थिए। बैतडीबाट निर्वाचित भट्ट शाहको पहिलो कार्यकालमा आन्तरिक मामिला मन्त्रीका रूपमा कार्यरत थिए।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय ०८२ असारदेखि मन्त्रीविहीन थियो। असारमा मुख्यमन्त्री शाहले तत्कालीन मन्त्री रामेश्वर चौधरीलाई पदबाट बर्खास्त गरेका थिए। त्यसयता उक्त मन्त्रालयको जिम्मेवारी उनले आफैँ सम्हाल्दै आएका थिए।

चौधरी नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेका थिए।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.