Sujang

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको वार्षिकोत्सवमा ४६ जनाले गरे रक्तदान

Ban

धनगढी, १० चैत्र : सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड को नवौँ वार्षिकोत्सवको अवसरमा आज धनगढीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

Krishi

कम्पनीको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीको आयोजनामा कार्यक्रम गरिएको हो। कार्यक्रममा ४६ जना रक्तदाताले रक्तदान गरेको प्रदेश कार्यालय प्रमुख गणेश उप्रेतीले जानकारी दिए।

नेपाल रेडक्रस सोसाइटी धनगढीको समन्वयमा सम्पन्न उक्त कार्यक्रममा सानिमा रिलायन्सका विभिन्न कार्यालयका कर्मचारी, एजेन्सी म्यानेजर तथा अन्य व्यक्तिहरूको सहभागिता रहेको थियो।
रक्तदाताहरूलाई कम्पनीले प्रमाणपत्र प्रदान गरेको थियो।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले विभिन्न समयमा यस्ता सामाजिक कार्यक्रमहरू गर्दै आएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.