

भदौ २६ गते , डोटी : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिककोहरूको उद्धार तथा राहतका लागि गोदावरी–६, लालपुर कैलाली स्थित वेस्टर्न जेनियस एकेडेमीले १लाख १२ हजार २ सय ८५रुपैयाँ सहयोग रुपैयाँ सहयोग गरेको छ।
विद्यालयका शिक्षक, शिक्षिका तथा कर्मचारीहरुले रकम संकलन गरेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्।

विद्यालयले संकलन गरेको रकम बाढीपीडितको उद्धार तथा राहतमा सहयोग पुगोस् भनेर शुक्रबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको वेस्टर्न जेनियस एकेडेमीका प्रिन्सिपल राम सिंह महराले बताए ।
आपत्–विपद्को समयमा पीडितहरूको घाउमा मलम लगाउन सकियोस् भन्ने उद्देश्यले विद्यालय परिवार,शिक्षक,विद्यार्थीहरूले स्वेच्छिक रूपमा रकम संकलन गरेको महराले बताए ।
विपद्को समयमा सहयोगको हात बढाउनु सबैको कर्तव्य र उत्तरदायित्व भएकोले सहयोग गर्ने सम्पूर्ण विद्यार्थी, शिक्षकप्रति विद्यालय परिवारको तर्फबाट संचालक दल बहादुर खड्काले हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरे ।
