Sujang

कैलाली कारागारका थुनुवाको मृत्यु

Ban

भदौ ९गते ,धनगढी :कैलाली कारागारका एक थुनुवाको मृत्यु भएको छ । कैलालीको टीकापुर नगरपालिका–४ का ५६ वर्षीय रामकिसन चौधरीको सोमबार मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता राजकुमार सिंहका अनुसार स्वास्थ्यमा समस्या भएपछि चौधरीलाई २ बजे सेती प्रादेशिक अस्पताल पुगाइएको थियो । 

Krishi

अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले चौधरीलाई मृत घोषणा गरेका थिए । चौधरीलाई साउन २९ गते जबरजस्तीकरणी मुद्दामा पुर्पक्षका लागि कारागार चलान गरिएको थियो । पछिल्लो दुई महिनाको अवधिमा कैलाली कारागारका चौधरीसहित तीन जना कैदीबन्दीको मृत्यु भइसकेको छ ।

यसअघि बैंकिङ कसुरमा दोषी ठहर भएर कैलाली कारागारमा सजाय भुक्तान गरिरहेका डडेल्धुराको भागेश्वर गाउँपालिका ५ का २८ वर्षीय हरिसिंह पालीको असार २ गते शंकास्पद मृत्यु भएको थियो । यस्तै साउन २३ गते राति कैदीबन्दीबीच भएको हिंसात्मक झडपमा धनगढी उपमहानगरपालिका ४ का भरत चौधरीको मृत्यु भएको थियो ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.