

जेठ २७ गते ,कैलाली: नेकपा समाजवादीका नेता तथा पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीको प्रदेश सभा सदस्य पद निलम्बन भएको छ ।
गैरकानुनी सम्पत्ति आर्जन गरि आर्थिक अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेसँगै नेकपा (समाजवादी)का नेता सोडारीको प्रदेश सभा सदस्य पद निलम्बन भएको छ ।

जेठ १९ गते अर्थात गत सोमबार मुद्दा दर्ता भएसँगै सांसद पद स्वतः निलम्बनमा परेको थियो । सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भए स्वतः निलम्बन हुने प्रावधान छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ साथै भ्रष्टाचार निवारण ऐन, २०५८ मा उक्त व्यवस्था गरिएको छ । सोडारी निलम्बनमा परेको आधिकारिक पत्र पाइसकेपछि सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभालाई जानकारी गराएका छन । सोमबार बसेको सुदूरपश्चिम प्रदेश सभाको छैठौं अधिवेशनको नौवौ बैठकमा सभामुख भिमबहादुर भण्डारीले पद निलम्बन गरिएको पत्र पढेर सुनाएका थिए ।

