Sujang

अछाममा चट्याङ लागेर दुई जना घाईते

Ban
Krishi

भदौ १० गते ,अछाम  :अछामको मेल्लेख गाउँपालिकामा चट्याङ लागेर २ जना घाइते भएका छन् ।
गाउँपालिकाको वडा नम्बर ५ बिन्देवासिनी धामी गाउँमा वर्षासँगै आज दिउँसो परेको चट्याङले  २ जना घाइते भएका हुन् ।
घाइते हुनेमा ६२ वर्षीय तुले धामी र उनको डेढ वर्षीय नाति गणेश धामी रहेका छन् ।
घर भित्र बसिरहेको अवस्थामा चट्याङ पर्दा ६२ बर्षे धामी गम्भीर घाईते भएका जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिनु भयो ।घाइते दुवै जनालाई उपचारका लागि बयालपाटा अस्पताल ल्याइएको छ ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.